देवघाट आएका भारतीय पर्यटकको नारायणीमा डुबेर मृत्युु

Devghat Online

शेयर गरौ

देवघाट, असार १

तीर्थ यात्राका लागि देवघाट आएका एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको शव दिउँसो १ः२५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए । उनीहरु देवघाटमा स्नान गरेर पशुपती दर्शनको लागि जाने तयारीमा थिए ।
तश्विर: देवघाट लाईभ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले