देवघाट आएका भारतीय पर्यटकको नारायणीमा डुबेर मृत्युु

Devghat Online

शेयर गरौ

देवघाट, असार १

तीर्थ यात्राका लागि देवघाट आएका एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको शव दिउँसो १ः२५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए । उनीहरु देवघाटमा स्नान गरेर पशुपती दर्शनको लागि जाने तयारीमा थिए ।
तश्विर: देवघाट लाईभ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो