बन्दीपुर अस्पतालमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

दमौली, असार २
बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालमा महिलाहरुको लागी दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर हुने भएको छ । आउँदो शुक्रबार र शनिबार उक्त शिविर सुरु हुने भएको हो ।

स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार यहि असार ८ र ९ गते शिबिर समेत संचालन हुन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।

नेपाल क्यान्सर केयर अस्पताल र नेश्नल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेलको प्राबिधिक सहयोगमा महिलाहरुको लागी स्तन क्यान्सर सम्बन्धी परिक्षण पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण (भिआए टेस्ट) हुन लागेको हो ।

फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिन समेत आयोजकले अनुरोध गरेको छ ।

स्तन र पाठेघरको उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि बन्दीपुरका सो कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्

तनहुँ प्रहरीको साउन महिनाको प्रगति विवरण सार्वजनिकः ४७ मुद्दा दर्ता, ५० जना प्रतिवादी पक्राउ

तनहुँ । भदौ २ जिल्ला प्रहरी कार्यालय तनहुँले साउन महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका