प्रचण्डबाट बाबुरामलाई धोका, समाजबादी मोर्चाबाट बाबुराम ‘आउट’

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ४

आफुलाई समाजबादी मोर्चाको सुत्रधार दावी गर्ने बाबुराम भट्टराई मोर्चा गठन प्रक्रियाबाट ‘आउट’ भएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजबादी मोर्चा घोषणा कार्यक्रममा बाबुराम अटाएनन् । मोर्चाको सबैभन्दा ठुलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बाबुरामलाई मोर्चामा समावेश गर्न चाहेनन् । समाजबादी मोर्चामा समावेश हुने बाबुरामको उत्कट चाहाना भएपनि प्रचण्डबाट उनले अन्तिम समयमा ठुलो धोका खाए ।

माओवादीसँग सुरुमा कार्यगत एकता र पछि पार्टी एकता नै गर्ने सर्तमा बाबुराम भट्टराईले गत मंसिरमा माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ मा लगेर चुनाव लडाएर जिताए । तर चुनाव जितेर प्रधानमन्त्री बनेपछि प्रचण्डले बाबुरामलाई क्रमशः धोका दिदै गएका छन् । यसको पछिल्लो उदाहरण समाजबादी मोर्चामा बाबुराम नेतृत्वको नेपाल समाजबादी पार्टीलाई सहभागी नगराउनु हो । प्रचण्डबाट पहिलो धोका बाबुरामले राष्ट्रपतीको निर्वाचनमा पाईसकेका थिए । चुनाव अघि प्रचण्डले बाबुरामलाई राष्ट्रपती बनाउने आश्वासन दिएका थिए । सोही आश्वासनपछि बाबुराम आफु चुनाव नलडी आफ्नो क्षेत्र प्रचण्डलाई जिम्मा लगाएका थिए ।

शुक्रबार बिहान बालुवाटार पुगेका बाबुरामलाई मोर्चामा सामेल गराउने प्रचण्डले आवश्वासन दिएका थिए । जुनकुरा बालुवाटारबाट बाहिरिँदा बाबुरामले स्विकार गरेका थिए । उनले भनेका थिए ‘संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’

जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कारण प्रचण्डले बाबुरामलाई मोर्चामा सहभागी नगराएको अनुमान गरिएको छ । प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवलाई बिच्काएर बाबुरामलाई च्याप्न नचाहेको स्रोतको दाबी छ ।

मोर्चामा तत्काल ४ दल रहने समझदारी भएको कारण बाबुरामलाई मोर्चामा सहभागी गराउने अवस्था पनि देखिँदैन । माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चामा अहिले चार दलमात्रै रहने बताए । उनले अहिले मोर्चामा माओवादी, जसपा, नेकपा एस र विप्लवजीको पार्टी मात्रै रहने र अन्य दललाई पछि समावेश गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती