देवघाटमा मानवअधिकारको कार्यक्रम सन्चालन गरिने

Devghat Online

शेयर गरौ

देवघाट, असार ५

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रमहरु गर्ने भएको छ । मंगलबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आगामी आर्थिक वर्षमा गाउँपालिकामा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रम सन्चालन गरिने बताए ।

त्यसकोलागि आवश्यक बजेटको पनि व्यवस्था गरिने अध्यक्ष थापाले बताए । देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकोलागि मानवअधिकार सम्बन्धी तालिम तथा मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष थापाले बताए ।

यस अघि मंगलबार नै इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले नीति तथा कार्यक्रममा मानवअधिकार संरक्षणका कार्यक्रमलाई समावेश गर्न अध्यक्ष थापालाई ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र ग्रहण पछि अध्यक्ष थापाले तत्कालै नीति तथा कार्यक्रममा मानवअधिकार संरक्षणको विषयलाई सम्बोधन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर