देवघाटमा मानवअधिकारको कार्यक्रम सन्चालन गरिने

Devghat Online

शेयर गरौ

देवघाट, असार ५

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रमहरु गर्ने भएको छ । मंगलबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आगामी आर्थिक वर्षमा गाउँपालिकामा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रम सन्चालन गरिने बताए ।

त्यसकोलागि आवश्यक बजेटको पनि व्यवस्था गरिने अध्यक्ष थापाले बताए । देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकोलागि मानवअधिकार सम्बन्धी तालिम तथा मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष थापाले बताए ।

यस अघि मंगलबार नै इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले नीति तथा कार्यक्रममा मानवअधिकार संरक्षणका कार्यक्रमलाई समावेश गर्न अध्यक्ष थापालाई ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र ग्रहण पछि अध्यक्ष थापाले तत्कालै नीति तथा कार्यक्रममा मानवअधिकार संरक्षणको विषयलाई सम्बोधन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा