देवघाटमा एमालेको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असार ५

नेकपा एमाले देवघाट गाउँ कमिटिको विस्तारित बैठक मंगलबार देवघाटमा सम्पन्न भएको छ ।

सो बैठकमा प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलकबहादुर महतले पार्टी सुदृढिकरणकोलागि सबै कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्ने बताए । उनले राष्ट्रिय स्वाधिनताका विरोधीहरुले एमाले विरुद्ध गतिविधि गर्न थालेको हुँदा त्यसको एमालेका कार्यकर्ताहरुले डटेर सामाना गर्नु पर्ने बताए ।

सो बैठकमा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ की इन्चार्ज भगवती न्यौपानेले एमालेको नेतृत्वमा मात्र समृद्धीको अभियान पुरा हुने हुँदा एकपटक पराजित भईयो भन्दैमा निराश बन्न नुहने र अव मिसन ८४ को अभियानमा सक्रियता पुर्वक लाग्नु पर्ने बताईन् ।

नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सो बैठकमा एमाले जिल्ला कमिटिका सदस्य शिवराज पौडेलले पनि मन्तव्य राखेका थिए ।

नेकपा एमालेको संगठन सुदृढिकरण अभियान अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो । बैठकले असार ७ गते भित्र सबै पार्टी सदस्यको लेबी र सदस्यता नविकरण गरिसक्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती