घिरिङका बिपन्न र एकल महिलालाई बाख्रा बितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, असार १३

घिरिङ गाउँपालिकाका अति बिपन्न बर्गका तथा एकल महिलाहरुलाई गाउँपालिकाले बाख्रा वितरण गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विपन्न तथा एकल महिलाको जिविकोपार्जन सुधारकोलागि बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

यस अघि गाउँपालिकाले विपन्न तथा एकल महिलाकोलागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अभिमुखिकरण तथा ५ दिने सीप तथा ब्यवसायिक विकास सम्बन्धी तालिम सन्चालन गरेको थियो । पहिलो पटक वडा नम्बर ३ बाट सुर गरिएको सो कार्यक्रम क्रमशः सबै वडामा विस्तार गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले बताए ।

कार्यक्रममा वडा नम्बर ३ भित्रका द्वन्द्व पिडित, विपन्न, एकल महिला, कोरोना पिडित र दलित पहिचान गरि २५ जना तालिममा सहाभागी थिए । उनिहरुलाई ५ दिन कृषि सम्बन्धि सीप तथा ब्यवसायिक तालिम प्रतिव्यक्ति २ वटा बाख्राको पाठी बितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाले जानकारी दिए ।

गत असार ८ देखि १२ सम्म सन्चालित सो तालिमको समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीको अध्यक्षतामा भएको थियो । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा, नेपाली कांग्रेस गाउँ कमिटी सभापति याम बहादुर थापा, कार्यपालिका सदस्यहरु पार्बती बिक र इश्वरी श्रेष्ठ, वडा सदस्यहरु मनिराज थापा र लोक बहादुर गुरुङ र घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मन बहादुर राना उपस्थित रहेका थिए । सो कार्यक्रमको सन्चालन वडा सचिब देवेन भुजेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म