देवघाटका सन्तोष थापा चार दिन यता सम्पर्क विहीन

Devghat Online

शेयर गरौ

दमौली, असार १६

देवघाट गाउँपालिका वडा नम्बर ५ देउपुर निवासी टेक बहादुर थापा मगर र ओम कुमारी मगरको २३ वर्षिय छोरा सन्तोष थापा मगर बुधबारदेखी सम्पर्क विहिन भएका छन् ।

पोखरा जान्छु भनेर घर निस्केका सन्तोष त्यस पछि सम्पर्क विहिन भएको उनका अभिभावकले बताएका छन् । सन्तोष सम्पर्क विहीन भए लगत्तै इलाका प्रहरी कार्यालय देवघाटमा खोजीकोलागि निबेदन दिईएको परिवारले बताएका छन् । कोहि कसैले देख्नु भएमा ९८२१२४३१४९ मोबाइल नम्बरमा सम्पर्क गरिदिन उनका वुवा टेक बहादुर थापा मगरले अनुरोध गरेका छन् ।

निलो जिन्स पेन्ट, कालो धर्के शर्ट, हातमा त्रीशुल र रुद्राक्ष माला भिरेका सन्तोषको स्वास्थ अबस्था कमजोर भएको बताईएको छ । उनी बुभबार दिउँसो करिब ४ बजे नारायणगढको पोखरा बसपार्क वरिपरि देखिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता