देवघाटमा घरमाथी रुख ढल्यो

Devghat Online

शेयर गरौ

देवघाट, असार १६

देवघाट गाउँपालिका–५ देवपुर टोलका चीजकुमार नेपालीको घरमाथी रुख लडेको छ । घर नजिकै रहेको रुख शनिबार दिउँसो ढलेर घरको छानामा लागेको छ । घरमाथी रुख ढलेको कारण भौतिक क्षति भएको छ ।

देबघाटमा रुखको जोखिममा रहेको घर हरु धेरै छन् । यसबारेमा सम्बन्धित निकाय गम्भिर बन्नु पर्ने राष्ट्रिय युवा संघ देवघाटका अध्यक्ष शुकु गुरुङले बताए । यस विषयमा समयमै सचेत नबने हो भने भोलि घर माथि रुख ढलेर मानविय क्षति समेत व्यहोर्न पर्ने अवस्था आउन सक्ने गुरुङले बताए ।

घर नजिकै जरा गलेका बुढा रुखहरु हुँदा ति रुखहरु कुनै पनि दिन ढल्न सक्ने खतराप्रति सरोकारवाला निकायहरु समयमै गम्भिर बनेर ति रुखको समयमै व्यवस्थापन गर्न तर्फ लाग्नु पर्ने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता