देवघाटमा घरमाथी रुख ढल्यो

Devghat Online

शेयर गरौ

देवघाट, असार १६

देवघाट गाउँपालिका–५ देवपुर टोलका चीजकुमार नेपालीको घरमाथी रुख लडेको छ । घर नजिकै रहेको रुख शनिबार दिउँसो ढलेर घरको छानामा लागेको छ । घरमाथी रुख ढलेको कारण भौतिक क्षति भएको छ ।

देबघाटमा रुखको जोखिममा रहेको घर हरु धेरै छन् । यसबारेमा सम्बन्धित निकाय गम्भिर बन्नु पर्ने राष्ट्रिय युवा संघ देवघाटका अध्यक्ष शुकु गुरुङले बताए । यस विषयमा समयमै सचेत नबने हो भने भोलि घर माथि रुख ढलेर मानविय क्षति समेत व्यहोर्न पर्ने अवस्था आउन सक्ने गुरुङले बताए ।

घर नजिकै जरा गलेका बुढा रुखहरु हुँदा ति रुखहरु कुनै पनि दिन ढल्न सक्ने खतराप्रति सरोकारवाला निकायहरु समयमै गम्भिर बनेर ति रुखको समयमै व्यवस्थापन गर्न तर्फ लाग्नु पर्ने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू