पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

Devghat Online

शेयर गरौ

भैरहवा, असार १९

अर्घाखाँचीको पाणिनिमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नं १ पणेनास्थित गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार स्थानीय गंगा रास्कोटीका छोराछोरी ९, १० र ११ वर्षका धनबहादुर रास्कोटी, खुमबहादुर रास्कोटी र अन्जना रास्कोटीको मृत्यु भएको छ भने घटनामा घाइते सचिन रास्कोटीको उपचारका लागि पाल्पा पठाइएको छ । उनको अवस्था सामान्य छ ।

आज बिहान करिब साढे ६ बजेतिर आएको पहिरोले घर पुरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घनानामा टोली पुगेको र सबै विवरण आई नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय