राष्ट्रपति पौडेलको नाममा पोखरामा अनेरास्ववियुको १ रूपैयाँ संकलन अभियान

Devghat Online

शेयर गरौ

पोखरा, असार २०

अनेरास्ववियु र युवा संघले राष्टपति रामचन्द्र पौडेलको नाम एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् ।

दुई संगठनका प्रदेश कमिटीले बुधबार प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी प्रदेश संयोजक आरके पोख्रेलले जानकारी दिए ।

प्रदेश, जिल्ला तथा स्थानीय तहमार्फत प्रदेशका सबै जिल्लामा अभियान चलाउने सह–संयोजक शुसन घिमिरेले बताए ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले