एनआरएनए बेल्जियममा अनलाइन मतदान गरिने, संघको नेतृत्वको लागि ३ जनाको उम्मेदवारी दर्ता

Devghat Online

शेयर गरौ

 

बेल्जियम/ गैरआवासीय नेपाली संघ, बेल्जियमको आगामी नेतृत्वको लागि अनलाइन माध्यबाट
निर्वाचन गरिने भएको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीका अनुसार विहिवार बसेको संघको पदाधिकारी बैठकले जुलाई १६ तारिख हुने निर्वाचन अनलाइन मार्फत गर्ने निर्णय गरेको हो ।

संघको नेतृत्वको लागि सिता सापकोटा, तिर्थ धमला, अनुजा प्रधान र नारायण सिलवालले उम्मेदवारी दर्ता गराएका छन् । महासचिव पदमा रुविना शर्मा र राजेन्द्र कार्कीबीचमा प्रतिस्पर्धा हुनेभएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने उदेश्यले सो निर्वाचन अनलाइनबाट गर्न लागिएको एनआरएनए बेल्जियमले जनाएको छ । यसअघि गैरआवासीय नेपाली संघले सबै राष्ट्रिय समितिहरुलाई फेसभेरिफिकेशन मार्फत सदस्य बनाउन र निर्वाचन गर्न निर्देशन दिएको थियो ।
संघको निर्वाचन समितिका संयोजक गंगाधर गौतमलाई एक निर्देशन दिदै अनलाइन मतदानको तयारीको लागि २३ जुलाईमा गर्न सुझाव दिएको छ ।
संघको गत निर्वाचनमा आन्तोरपेन मतदान केन्द्रमा केही विदेशीहरुलाई परिचालन गरि मतपत्र लुटिए पछि विश्वव्यापी रुपमा एनआरएनए बेल्जियमको चर्को आलोचना भएको थियो ।

एनआरएनए बेल्जियम स्रोतका अनुसार निर्वाचनमा हुन् सक्ने सम्भावित झडप र धाँधलीलाई रोक्न संघले अनलाइन मतदान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि