राष्ट्रपति पौडेलको उपचारकोलागि अनेरास्ववियुको १ रूपैयाँ संकलन अभियान (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, असार २४

अनेरास्ववियु आदिकवि भानुभक्त क्यापस कमिटिले राष्ट्रपतिको उपचारको सहयोगको लागि तनहुँको सदरमुकाम दमौलीमा १ रुपैयाँ सहयोग संकलन अभियान गरेको छ ।

अनेरास्ववियु आदिकवि भानुभक्त क्यापस कमिटिले ‘राष्टपति रामचन्द्र पौडेलको नाम एक रुपैयाँ दान अभियान’ सन्चालन गरेको अनेरास्ववियु आदिकवि क्याम्पस कमिटिका अध्यक्ष आशिश पौडेलले बताए ।

सो क्रममा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष हरिराज कडेंल, सचिव राजेश्वर ढकाल, व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डे, युवा संघका नेताहरु मदन तिमिल्सेना, अजित पन्त तथा एमालेका अन्य नेता तथा कार्यकर्ताहरुले चन्दा सहयोग गरेका थिए ।

राष्ट्रपतीको नाममा उठाईर्एको उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष पौडेलले बताए ।

राष्ट्रपति पौडेलको भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण