घिरिङले दियो अदुवा उत्पादन गर्ने किसानलाई अनुदान

Devghat Online

शेयर गरौ

अन्जान परियार
दमौली, असार २७

तनहूँको घिरिङ गाउँपालिकाले एक हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने कृषकलाई अनुदान बितरण गरेको छ । कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत एक हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने किसानलाई प्रतिब्यक्ती ५ हजार रुपैयाँको दरले अनुदान बितरण गरेको हो ।

बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापाले एक सय ४४ जना अदुवा कृषकलाई ७ लाख २० हजार रुपैयाँ बितरण गरे । सो अवसरमा थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताए । उनले कृषकहरु निर्वाहमुखी भन्दा व्यवसायीक रुपमा खेतीमा लाग्नु पर्ने बताए ।

अध्यक्ष थापाले प्याज ५ सय किलो, लसुन २ सय ५० किलो र बेसार ५ सय किलो भन्दा बढी उत्पादन गर्ने लाई समेत ५ हजार नै अनुदान रहेको जानकारी गराए । यस्तै गाउँपालिकाले कृषकलाई कृषीमा प्रोत्साहन गर्न सो रकम दिएको अध्यक्ष थापाको भनाई थियो ।

सबै भन्दा बढी वडा नम्बर ५ का कृषकले सो अनुदान प्राप्त गरेका छन् । वडा नम्बर ५ मा ८९ जना, वडा नम्बर ४ मा २ जना, वडा नम्बर ३ मा ४७ जना र वडा नम्बर २ का ६ जना कृषकहरुले उक्त रकम प्राप्त गरेको कृषि शाखा प्राबिधिक सहायक समीक्षा ढकालले जानकारी दिइन् ।

कृषकहरूले उक्त अनुदान प्रदान गरेकोमा गाउँपालिकालाई धन्यवाद दिँदै खुसि ब्यक्त गरेका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारी, सुचना अधिकारी ध्रुव लामिछाने, कृषि शाखा प्रमुख रबि रामदाम, शिक्षा शाखा प्रमुख बाबुराम गैह्रे, गाउँपालिका अध्यक्षका स्वकिय सचिब राजकुमार थापाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल