कर्मचारीले खरिद गरेको थाइरोयड मेसिन आवुँखैरेनी अस्पताललाई हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, असार २७

तनहूँको आँबुखैरेनी गाउँपालिका सम्पुर्ण कर्मचारीहरुले गाउँपालिका अन्तर्गतको आँबुखैरेनी अस्पताललाई थायरोयड मेसिन हस्तान्तरण गरेका छन् । करिव १० लाख रुपैयाँ बराबरको उक्त क्लिया थाइरोयड मेसिन कर्मचारीहरुले खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

थाईरोयड मेसिन प्राप्त भएपछि अब देखि समयतालिका प्रकाशन गरि नियमित रुपमा थाइरोयड परिक्षण हुने हस्पतालले जनाएको छ । उक्त मेसिनले थायरोइड तथा कोभिड सहित करिव ८० प्रकारको नमुना परिक्षण गर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पारिश्रामिकबाट आवुँखैरेनी अस्पतालकोलागि थाइरोयड परिक्षण मेसिन खरिद गरिएको हो । कर्मचारीहरुले आफुले खाईपाई आएको मासिक पारिश्रमिकबाट गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालको लागि उक्त मेसिन खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

यसका लागि गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीहरुको तह अनुसार न्युनतम १० देखि ५० प्रतिशतसम्म तलब कट्टा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । आवुँखैरेनी गाउँपालिकामा गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सबै क्षेत्रमा गरि हाल करिब १३५ जना करार र दरबन्दीका कर्मचारी कार्यरत छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नै पारिश्रमिकबाट अस्पतालको लागि थाइराईड मेसीन खरिद गरेर हस्तान्तरण गरेपछि गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सबै कर्मचारीलाई धन्यवाद दिएका छन् । ‘यो निर्णयले अस्पतालको सेवा विस्तारमा सघाउ पुग्नेछ’–अध्यक्ष चुमानले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले