व्यासका १ सय ५ जना मिर्गौला र क्यान्सरका बिरामीले पाए मासिक पाँच हजार

Devghat Online

शेयर गरौ

दमौली, असार २७
तनहूँको व्यास नगरपालिकाका १ सय ५ जना मिर्गौला र क्यान्सरका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गएको कात्तिक महिना देखि औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

चिकित्सकको सिफारिसमा वडा कार्यालय मार्फत चालु वर्षमा एक सय ५ जनाको निवेदन परेको उनले बताए । जसमा क्यान्सरका बिरामी ६४ जना,डायलाइसिस गरेका बिरामी ३४ जना, मृगौरा प्रत्यारोपण गरेका ६ जना र मेरुदण्डको पक्षघातको १ जना बिरामीले औषधी खर्चवापत ९ महिनाको ४५ हजार रुपैया पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । सरकारको ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका १ सय ५ जना बिरामीलाई औषधि खर्चबापत ४० लाख १० हजार रकम प्रदान गरिएको उनले बताए ।

सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् । उनका अनुसार सम्बन्धित व्यक्तिले उपचार गराइरहेको सिफारिस चिकित्सकले गरिदिएपछि बिरामीले उपचार खर्च माग गरेर नगरपालिकामा निवेदन दिनुपर्छ । मेरुदण्ड पक्षघात भएका बिरामीको हकमा भने अपांगतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित काम गर्ने उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले