व्यासका १ सय ५ जना मिर्गौला र क्यान्सरका बिरामीले पाए मासिक पाँच हजार

Devghat Online

शेयर गरौ

दमौली, असार २७
तनहूँको व्यास नगरपालिकाका १ सय ५ जना मिर्गौला र क्यान्सरका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गएको कात्तिक महिना देखि औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

चिकित्सकको सिफारिसमा वडा कार्यालय मार्फत चालु वर्षमा एक सय ५ जनाको निवेदन परेको उनले बताए । जसमा क्यान्सरका बिरामी ६४ जना,डायलाइसिस गरेका बिरामी ३४ जना, मृगौरा प्रत्यारोपण गरेका ६ जना र मेरुदण्डको पक्षघातको १ जना बिरामीले औषधी खर्चवापत ९ महिनाको ४५ हजार रुपैया पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । सरकारको ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका १ सय ५ जना बिरामीलाई औषधि खर्चबापत ४० लाख १० हजार रकम प्रदान गरिएको उनले बताए ।

सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् । उनका अनुसार सम्बन्धित व्यक्तिले उपचार गराइरहेको सिफारिस चिकित्सकले गरिदिएपछि बिरामीले उपचार खर्च माग गरेर नगरपालिकामा निवेदन दिनुपर्छ । मेरुदण्ड पक्षघात भएका बिरामीको हकमा भने अपांगतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित काम गर्ने उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल