राष्ट्रिय सभाकी सांसद न्यौपाने भन्नुहुन्छ: मन्त्रीले विद्युत व्यापार सम्बन्धि बिधेयक प्रस्तुत गरेपछि त्यसैमा छलफल गर्यौं

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ३०

गत बिहीबार राष्ट्रिय सभाको बैठकमा विषयबस्तु भन्दा बाहिर गएर सांसदहरुले छलफल गरेको भन्दै व्यापक आलोचना भईरहेको छ । सो दिनको बैठकमा विद्युतिय व्यापार सम्बन्धि विधेयक-२०८० को बारेमा छलफल गर्ने बैठकको कार्यसुची रहेपनि सांसदहरूले सो विषयबस्तु भन्दा बाहिर गएर विद्युत व्यापार सम्बन्धि विधेयकको बारेमा छलफल गरेका थिए ।

राष्ट्रिय सभाको सो बैठकमा सबैभन्दा पहिले छलफलमा भागलिनु भएकी नेकपा एमालेकी सांसद भगवती न्यौपानेले आफुहरु झुक्किएर विषय बस्तु भन्दा बाहिर गएर छलफलमा भाग लिएको स्विकार गर्नु भएको छ । बैठक अघि आफुहरुलाई बैठकको कार्यसुचिको बारेमा कुनै जानकारी नदिईएको भन्दै उहाँले सबैभन्दा पहिले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले बैठकमा विद्युत व्यापार सम्बन्धि बिधेयक छलफलको लागि प्रस्तुत गरेको जानकारी दिनुभयो ।

सांसद न्यौपानेका अनुसार सम्बन्धित मन्त्रीले नै विद्युत व्यापार सम्बन्धि बिधेयक प्रस्तुत गरेपछि सांसदहरूले पनि त्यहि विषयमा धारणा राख्न हात उठाएका थिए । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरूलाई पालैपालो बोल्न समय दिनुभएको थियो । सबैभन्दा पहिले छलफलमा भाग लिनु भएकी एमाले सांसद न्यौपानेले नेपालमा उत्पादित विजुली नेपालमा खपत भईसकेपछि मात्रै तेश्रो मुलुकमा विक्रि गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

न्यौपाने पछि अन्य सांसदहरूले पनि पालैपालो त्यहि विषयमा आफ्नो धारणा राखेका थिए । बैठक सकिएर बाहिर निस्कने क्रममा अध्यक्ष तिमिल्सिनाले ‘आजको बैठकमा विषयबस्तु भन्दा बाहिर गएर छलफल भयो’ भन्दै विधेयकको विषयको बारेमा जानकारी गराएपछि मात्रै छांगाबाट खसे झैं भएको सांसद न्यौपानेले बताउनु भयो ।

‘सुरुमा मन्त्रीज्युले नै विद्युत व्यापार सम्बन्धि बिधेयक प्रस्तुत गरेपछि हामीले पनि त्यसैमा छलफल गर्ने होला भनेर धारणा राख्यौं’ सांसद न्यौपानेले भन्नुभयो ‘बैठकको कार्यसुची नदिनु पनि कमजोरी भयो।’ उक्त बैठकमा भुलबश विषयबस्तु भन्दा बाहिर गएर बोल्नु परेको लज्जाबोध भएको भन्दै उहाँले अब आयन्दा यसबाट ठूलो पाठ सिक्ने मौका मिलेको बताउनु भयो । उहाँले विद्युतिय व्यापार (इ कमर्श) लाई व्यवस्थित गराउन आवश्यक भएको र संसदमा त्यसबारेमा थप छलफल गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी