एमाले प्रचार विभाग विस्तार, ११ सदस्य थपिए

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ३१
नेकपा एमालेको केन्द्रीय प्रचार विभाग विस्तार भएको छ ।विभागमा थप एघार जना मनोनीत भएका छन् । शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रचार विभागमा थप सदस्यहरु मनोनीत गरेको हो ।

प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको सिफारिसमा डा. महेन्द्र बिष्ट, गणेश पाण्डे, राजेश राई र लिलाराज भट्टराईलाई सदस्य मनोनीत गरिएको छ । बिष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।पाण्डे र राई प्रेस चौतारी नेपालका उपाध्यक्ष छन् । भट्टराई पूर्व उपाध्यक्ष हुन् ।

चौतारीका पूर्व नेताहरु अक्षरी पोखरेल, लालबाबु शेख, शेरबहादुर केसी, दीपक ज्ञवाली, रामकृष्ण ज्ञवाली, सूर्यमणि गौतम र हेमन्त पौडेललाई प्रचार विभाग सदस्य मनोनित भएका छन् ।

यसअघि प्रचार विभागमा निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका बिष्ट र रोशन खड्का सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक