छाब्दी बाराही मन्दिरमा साउन महिनाभर पुजा नहुने

Devghat Online

शेयर गरौ

दमौली, असार ३१

तनहूँको प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा साउन महिनाभर पुजा नहुने भएको छ ।

धार्मिक किम्बदन्ति अनुसार श्रावण महिनामा वाराही देवि गुफा बस्ने भएकोले श्रावण महिनाको १ गते देखि ५ गते सम्म देविको मन्दिर पुरै बन्द हुने र छैटौ दिन पश्चात देविको धुपध्वजाले मात्र नित्य पुजा गरि मन्दिर बन्द हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थानबहादुर थापा (प्रेम) ले बताए ।

यस बाहेक उक्त मन्दिरमा हरेक औंशी र एकादशीमा पनि पुजा हुँदैन ।

व्यास नगरपालिका-१४ को छाब्दीमा रहेको उक्त मन्दिरमा अहिले पुनर्निर्माण चलिरहेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा मन्दिरको पुननिर्माण गरी मन्दिरको छाना तामाले छाउन थालिएको छ । श्रावण महिनाभर मन्दिरको पुननिर्माण सकिने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण