स्वर्णिम वाग्लेलाई किसान श्रेष्ठको प्रश्नः सेनाको संख्या घटाउँदैमा समस्या समाधान हुन्छ ?

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ३१

प्रतिनिधि सभाका सांसद तथा नेकपा एकिकृत समाजबादीका प्रभावशाली नेता कृष्णकुमार श्रेष्ठ किसानले नेपाली सेनाको संख्याँ घटाउँदैमा देशको समस्या समाधान हुन्छ ? भन्ने प्रश्न गरेका छन् । आईतबार संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद श्रेष्ठले देशको सबैभन्दा ठुलो समस्या भनेकै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्न सके देशमा आर्थिक अभाव नहुने र सेनालाई चलाउन नपर्ने बताएका हुन् ।

डाक्टरको उपाधी पाएकै भरमा मिडियाले स्वर्णिम वाग्लेलाई भगवान बनाएको भन्दै सांसद श्रेष्ठले उनी जस्ता पिएचडी नेपालमा कति छन् कति कसैलाई पनि भगवान बनाउनु आवश्यक नभएको बताए । मिटर व्याजीलाई कारवाही गर्न सरकारले बिधेयक ल्याउन खोज्दा स्वर्णिम वाग्लेहरु नै संसद अवरुद्ध गर्न रोष्ट्रममा उभिएको सांसद श्रेष्ठले आरोप लगाए ।

सांसद श्रेष्ठले ललिता निवास कान्डमा व्यापारी मिनबहादुर गुरुङलाई हिरासतमा राखेर अनुसन्धान गरेकोमा असन्तुष्टि जनाए । मिनबहादुर गुरुङ देश छोडेर कतै नभाग्ने ग्यारेन्टि आफुले लिने भन्दै श्रेष्ठले बाहिरै राखेर अनुसन्धान गर्न र अदालतको फैसलापछि थप कानुनी कारवाही गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा