दमौली, साउन ६
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले तनहूँले बृक्षारोपण गर्ने भएको छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आईतबार नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा व्यास नपा ४ स्थित सहिद कालिका जंगल पार्कमा बृक्षारोपण कार्यक्रम हुने भएको छ ।
सो बृक्षारोपण कार्यक्रममा उपस्थित हुन एमाले तनहुँले कार्यकर्ताहरुलाई अनुरोध गरिएको एमाले जिल्ला सचिव राजेश्वर ढकालले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म वि.स.१९८१ असार १५ गते आमा तुलसीकुमारी र वुवा भक्तलाल श्रेष्ठको कोखबाट काठमाडौं भएको थियो । उनको निधन भने २०३५ साउन ७ गते भारतको राजधानी नयाँ दिल्ली स्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारको क्रममा भएको थियो ।