दमौली , साउन ७
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी जुलाई ३० मा हुने निर्वाचनमा व्यास नपा-१ दमौलीका रमेश केसीले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।



‘गतिशिल, सशक्त, संस्थागत र समावेशीता, मजदुर मैत्री र भ्रष्टाचार मुक्त एनआरएनए हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य नाराका साथ गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत एनसीसी कतारको २०२३-२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेद्धारी दिएको केसीले बताएका छन् ।
एक सामान्य मजदुरका रुपमा सन् २०१३ मा कतार प्रवेश गरी सन् २०१९ देखि ज्वेलरी, रेष्टुरेण्ट एण्ड क्लब, निर्माण तथा ट्रेडिङ्ग आदी व्यवसायहरु सञ्चालनका अलवा कतार प्रवेश संगै विभिन्न संघसंस्थामा आबद्ध रहि व्यवसायबाट प्राप्त मुनाफाको केहि अंशलाई मानविय कार्यमा समर्पण गर्नुपर्दछ भन्ने अभिप्रायका साथ सामाजिक अभियानमा लागेको केसीले बताएका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९ देखि पन्जिकृत सदस्य हुँदै संघको सामाजिक अभियानमा आर्थिक, भौतिक तथा नैतिकरुपमा प्रत्यक्ष-अप्रत्यक्ष सहभागि भई सामाजिक अभियानमा हातेमालो गरिरहेको भन्दै केसीले सामाजिक कार्यप्रति उत्प्रेरित भई समाज प्रतिको उत्साह, लगनशिलता एवं क्रियाशिलतालाई दिनुभएको साथ, समर्थन र मायालाई अंगिकार गर्दै आफ्नो अनुभव र सिकाईलाई संस्थाको कार्यकारी भुमिकामा रहेर अझै सिक्ने र थप शसक्त रुपमा सामाजिक रुपान्तरण गर्दै संघलाई कतार मात्र नभई सिंगो मध्यपूर्वलाई श्रमिकमैत्री र भ्रष्टाचार मुक्त एनआरएनए बनाउनका लागि आफुले २०२३-२०२५ कार्यकालको लागि एनसीसी कतारको सदस्य पदमा उम्मेद्धारी दर्ता गराएको केसीले बताए।
आसन्न निर्वाचनमा आफुलाई विजयी गराईदिनुहुन सम्पूर्ण पञ्जिकृत सदस्यहरुमा केसीले अनुरोध गरेका छन् ।