सर्वाेच्चको फैसलासँगै कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की पुनर्वहाली

Devghat Online

शेयर गरौ

काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै साउन १७ गतेसम्मका लागि हिक्मत कार्की नै मुख्यमन्त्रीमा पुनर्वहाली भएका छन् ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले सात दिनका लागि कार्की स्वतः मुख्यमन्त्रीमा पुनर्वहाली भएको बताए ।

यसबारे सर्वोच्चले प्रष्ट नभने पनि सुरु प्रक्रियाबाटै जानू भनेकाले कार्की पुनर्वहाली भएका हुन् ।

यसैबीच नेकपा एमाले संसदीय दलका नेता कार्कीले आफू मुद्दाका लागि काठमाडौं आएको भन्द एक साताका लागि आफू कामचलाउ मुख्यमन्त्रीमा पुनर्वहाली भएको जानकारी पाएको बताए । उनले आफू भोलि विराटनगर जाने बताए ।

अदालतको फैसलामा सभामुखको हस्ताक्षरसहित पेश भएको त्रुटीपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धब थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा असार २१ ग्ते गरिएको नियुक्ति र तत् सम्बन्धमा भए गरिएका काम कारवाहीहरु नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनेकाले उनको नियुक्ति नै बदर भएकाले कार्की स्वतः पुनर्वहाली भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक