आँबुखैरेनीका अध्यक्ष चुमानद्वारा जन्मदिनमा स्वर्गीय दाईको नाममा अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, साउन ११

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बुधबार परेको आफ्नो जन्मदिनमा स्वर्गीय दाईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । अध्यक्ष चुमानले स्वर्गीय दाजु आकाश चुमानको नाममा आँबुखैरेनी क्याम्पसमा अक्षयकोष स्थापना गरेका हुन् ।

अध्यक्ष चुमानले क्याम्पसका अध्ययनरत विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना गर्न क्याम्पस प्रमुख बाबुराम देवकोटालाई १ लाख १ हजार १ सय १ रुपैयाँ रकमको चेक प्रदान गरे ।

चेक हस्तान्तरण गर्दै अध्यक्ष चुमानले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीहरुको अध्ययनमा सहयोग पुगोस् भन्ने हेतुले आफ्नो स्वर्गीय दाजुको नाममा अक्षयकोष स्थापना गरिदिएको अध्यक्ष चुमानले बताए ।

अध्यक्ष चुमानका दाजु आकाश चुमानको सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता