नारायणगढ–मुग्लिन–आँबुखैरेनी सडकखण्डमा भारी वर्षा मापन

Devghat Online

शेयर गरौ

देवघाट, साउन १४

नारायणगढ–मुग्लिन–आँबुखैरेनी सडकखण्डका धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टा सडकखण्डको देवघाटदेखि कालीखोला, सखर तनहुँ आसपास धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ ।

सो सडकखण्डमा पर्ने स–साना खोलामा आकस्मिक बाढी, गेग्रान बहाब हुनसक्ने महाशाखाले अनुमान गरेको छ ।

सो क्षेत्रको राजमार्गमा पहिरोको जोखिम हुनसक्ने भएकाले सडकखण्डमा यात्रा गर्दा अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटकपटक अवरुद्ध हुने गरेको छ । आज बिहान पनि इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता