देवघाटले ‘छोरी पढाउ, सुन्तला लगाउ’ कार्यक्रम सन्चालन गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, साउन १३

देवघाट गाउँपालिकाले छोरी पढाउ, सुन्तला लगाउ कार्यक्रम सन्चालन गर्ने भएको छ । सुन्तला उत्पादनमा धेरै भन्दा धेरै गाउँपालिकाबासीलाई आवद्ध गराउने उद्देश्यले यस्तो कार्यक्रम ल्याईएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षबाट सन्चालित उक्त कार्यक्रम चालु आर्थिक वर्षमा पनि निरन्तरता दिईएको छ ।

छोरीलाई विद्यालय पठाउने घरलाई निशुल्क सुन्तलाको विरुवा वितरण गर्ने देखी अन्य सहुलियतका कार्यक्रम उपलब्ध गराउने उक्त योजनामा रहेको देवघाट गाउँपालिकाका कृषि शाखाका प्रमुख बलबहादुर सिकर्मीले बताए । उनका अनुसार उक्त कार्यक्रमलाई महिला शसक्तिरणको कार्यक्रमसँग जोडेर सन्चालन गरिने छ । सुन्तलाको पकेट क्षेत्रमा निशुल्क सुन्तलाको विरुवा वितरण गर्न सुन्तला नर्सरीको स्थापना गरिने सिकर्मीले बताए ।

वडा नम्बर ३ मा स्थापना गरिएको सुन्तला नसर्री

देवघाटको वडा नम्बर, १, २, ३ र ४ मा सुन्तलाको पकेट क्षेत्र बनाईने छ । उक्त क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन पनि हुँदै आएको छ । अहिलेको सुन्तला पकेट क्षेत्रलाई थप प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप सुन्तला पकेट क्षेत्र बनाईने सिकर्मीले बताए । सुन्तलाको उत्पादन अझ बृद्धि गर्न प्राविधिक सहयोग, मल, विउ, भिटामिन र तालिमको व्यवस्था गरिनेछ । उत्पादनमा आधारित अनुदान समेत दिईनेछ ।

त्यसैगरि सुन्तलाको व्यवसायीकरण र बजारीकरण मार्फत गाउँपालिकाको पहिचान स्थापित गरिने छ । सहकारी संस्था मार्फत उत्पादनको बजारीकरण गरिने नीति रहेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता