रोटरी क्लव अफ दमौलीको २३ औं पदस्थापना सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, साउन १४

रोटरी क्लब अफ दमौलीको २३ औं पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

एक कार्यक्रमकाबीच रोटरी क्लब अफ दमौलीका वर्ष २०२२÷०२३ का अध्यक्ष रामलाल श्रेष्ठले वर्ष २०२३÷०२४ का अध्यक्ष रमेशकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वर्ष २०२३÷०२४ का पदाधिकारी तथा डाइरेक्टरलाई सपथ ग्रहण गराइएको छ । अध्यक्ष श्रेष्ठलाई असिस्टेन्ट गभर्नर ईश्वर प्रसाद कर्माचार्यले सपथ गराएका थिए भने अन्य पदाधिकारीलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनि बिनोद कोइरालाले विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले नेतृत्व गर्ने संस्था भएकाले रोटरीले समाजमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले समयको माग अनुसारका कार्यक्रमहरु ल्याउन सक्नुपर्ने बताए । अहिले समाजमा मानसिक स्वास्थ, वातावरणीय प्रदुषण जस्ता विषय ठुला चुनौतीको रुपमा देखिएकाले त्यस्ता समस्या न्यूनीकरण र नियन्त्रणमा रोटरीले योगदान गर्न सक्नुपर्ने उनको भनाइ थियोे ।

पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले रोटरी क्लव अफ दमौलीले यस बर्ष अगाडि सारेका योजनाको जानकारी दिँदै ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर, वातावरणीय सरसफाई,शिक्षा लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने जानकारी दिए । साथै आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।

सोही अवसरमा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब दमौलीका पुर्व अध्यक्ष तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेल, जोन १५ का असिस्टेन्ट गभर्नर ईश्वरप्रसाद कर्माचार्य, रिजन ४ की ट्रेनिङ कोअर्डिनेटर लक्ष्मी थापा गिरी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, रोटरी क्लब अफ गोरखाका अध्यक्ष ज्ञानहरी अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्लबकी प्रेसिडेन्ट नोमिनि बिणा कैनीले स्वागत गरेकी थिइन भने, प्रेसिडेन्ट इलेक्ट जीवनकुमार श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम क्लबका पुर्व अध्यक्ष दामोदर भण्डारीले संचालन गरेका थिए । सोही अवसरमा रोटरी क्लब अफ दमौलीको नियमित प्रकाशन रोटरी कोसेलीको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को