मुआब्जा पाईसकेपछि पनि घर भत्काउन अटेर गर्दै डुम्रेबासी, संरचना हटाउन ताकेता

Devghat Online

शेयर गरौ

दमौली, साउन १४

पृथ्वीराजमार्ग विस्तारका लागि मुआब्जा लिईसकेका तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरधनीले अझै पनि घर टहरा भत्काउन अटेर गरिरहेका छन् । सडक योजनाको रेखाङ्कन भित्र परेका संरचना हटाउने प्रयोजनकोलागि पहिलो किस्ता मुआब्जा रकम प्राप्त गरिसकेका डुम्रेका घर धनीले अझैपनि घर टहरा भत्काउन अटेर गरेका हुन् ।

मुआब्जा लिईसकेका केही व्यक्तिले सडक योजनाको रेखाङ्कन भित्र परेका संरचना हटाउन आलटाल गरेपछि मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) उक्त घर टहरा हटाउन ताकेता गर्न बन्दिपुर गाउँपालिका वडा नम्बर १ को कार्यालयलाई अनुरोध गरेको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख नरेन्द्र सुवेदीले वडा नम्बर १ लाई पत्र लेख्दै सडक योजनाको रेखाङ्कन भित्र परेका संरचना हटाउन ताकेता गर्नु हुन अनुरोध गरेका छन् ।

योजनाको रेखाङ्कन भित्र परेका केही घरधनीले अझै सम्म पनि मुआब्जाकोलागि निबेदन समेत नदिएको हुँदा १५ दिन भित्र मुआब्जाकोलागि निबेदन दिनु हुन र मुआब्जा प्राप्त गरेका घरधनीले पनि १५ दिन भित्रमा घर टहरा हटाउन आयोजनाले अनुरोध गरेको छ । अन्यथा प्रचलित ऐन कानुन अनुसारको प्रक्रिया आरम्भ गर्ने सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक