व्यासमा विपन्न वर्गको घरनक्शा निःशुल्क

Devghat Online

शेयर गरौ

दमौली, साउन १४

तनहूँको व्यास नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरेको छ ।

नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन र पक्की घर बनाउने तर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक ईञ्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए ।

निःशुल्क नक्सा कार्यक्रम अन्तगर्त वडा मार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्क रुपमा नक्सा निर्माण गर्ने गरेको उनले बताए । अहिले सम्म उक्त कार्यक्रम मार्फत ५ जनाले निःशुल्क रुपमा घरको नक्सा पास गरि घर निर्माण गरेका छन् ।

उनले भने,‘वडा मार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरुले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौं ।’ दुई, तिन र चार कोठे घरका लागि विभिन्न ८ वटा मोडल रहेको समेत उनले बताए । कतिपय नागरिकहरूले नक्सा बनाउने खर्च धेरै भएका कारण कच्चा घरमै बस्नुपर्ने वाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

उनले विभिन्न कन्सलटेन्सिहरूले महंगो शुल्कमा घरको डिजाइन बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने बताए । घर नक्सा शाखाका प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि आर्किटेक इन्जिनियरहरूलाई खटाइएको बताए । उनले पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण