देवघाट, साउन १४
देवघाट गाउँपालिकाका १२२८ गाई र गोरुलाई लम्पि स्किन विरुद्धको खोप लगाईएको छ । लम्पि स्किन महामारीले गाई र गोरुमा समस्या भएपछि देवघाट गाउँपालिकाले लम्पि स्किन प्रभावित क्षेत्रका गाई र गोरुलाई निशुल्क खोप लगाईएको देवघाट गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक दिपक सिंह धामीले बताए । साथै लम्पि स्किनबाट संक्रमित १९९ वटा गाई र गोरुको उपचार पनि गरिएको धामीले जानकारी दिए ।



उक्त खोप लगाउनकोलागि गाउँपालिकाले ३ जना पशु पन्छीमा खोप कार्य सम्बन्धी तालिम प्राप्त ३ जना प्राविधिकलाई तिन महिनाकोलागि नियुक्ती दिएको धामीले जानकारी दिए । यस कार्यक्रमकोलागि प्रत्येक वडाका टोल विकास संस्थाहरु मार्फत १३० जना कृषकहरुको नाम तथ्यांकमा समावेश गरिएको थियो ।
त्यस्तै देवघाट गाउँपालिका भर ९ सय वटा गाईबस्तुमा एफएमडी खोप, १३ हजार ७ सय बाख्रामा पिपिआरको खोप तथा ४१० कुकुरमा रेविज विरुद्धको खोप दिईएको थियो । त्यस्तै ३५० बंगुरहरुमा अफ्रिक स्वाईन फ्लु विरुद्धको खोप लगाईएको थियो ।
गत आर्थिक वर्षमा देवघाट गाउँपालिकाको वडा नम्बर २ र ३ का ४९१ जना कृषक परिवारलाई कृषक सुचिकरणमा समावेश गरिएको छ ।