नारयणगढ–मुग्लिन सडकको विकल्पमा तनहुँतर्फ ट्रयाक खोल्न मन्त्रालयमा प्रस्ताव

Devghat Online

शेयर गरौ

भरतपुर, साउन १६

नारायणगढ–मुग्लिन सडक खण्ड दिनहुँ पहिरोले सास्ती दिन थालेपछि यसको विकल्पमा अर्को राजमार्ग बनाउन सडक डिभिजन कार्यालय भरतपुरले प्रस्ताव अगाडि बढाएको छ । गैंडाकोटदेखि तनहुँ हुँदै मुग्लिनसम्म नयाँ ट्र्याक खोल्ने गरी कार्यालयले मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

‘नारायणगढ–मुग्लिन खण्डको विकल्पमा गैंडाकोट–तनहुँ तर्फको दासढुंगा–मुग्लिनसम्म निस्कन सक्ने सम्भावना छ,’ सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले भने ‘३८ किलोमिटर दुरीमा ट्र्याक खोल्न सके यातायात आवागमनमा सहज हुन्छ ।’ यसका लागि ४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए ।

मन्त्रालयबाट पास भए डिपिआरको काम अगाडि बढ्ने सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए । उनका अनुसार यो प्रस्ताव एक महिना अघि पठाईएको हो ।

यस सडकखण्डका केही भागमा ट्र्याक पनि खोलिएको छ । यसलाई राष्ट्रिय राजमार्ग कायम गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय राजमार्ग स्वीकृत गर्ने काम मन्त्रिपरिषद्ले गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका