प्रथम देवघाट कप फुटवल प्रतियोगिता हुने, बिजेतालाई नगद ५० हजार

Devghat Online

शेयर गरौ

देवघाट, साउन १६

फुटवल क्लव (एफ सी) देवघाटको आयोजनामा यही साउन २५ गतेदेखी देवघाटमा प्रथम देवघाट कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ ।

देवघाट गाउँपालिका–५ स्थित देवघाट खेलकुँद मैदानमा हुने उक्त प्रतियोगिताको बिजयी टिमलाई नगद ५० हजार र सिल्ड, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद ३० हजार तथा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष प्रजन गाहा मगरले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर तथा हाई स्कोररलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागि हुने टिमलाई टिम दर्ता रकम ४ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । टिम दर्ता साउन २४ गते भित्र गरिसक्नु पर्नेछ । प्रतियोगिता साउन ३१ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय