तनहुँमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु

Devghat Online

शेयर गरौ

दमौली, साउन १६

जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबारदेखी राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरेको छ । पहिलो चरणमा विवरण संकलन गरिएको ७ हजार थान परिचय पत्र वितरणकोलागि आएको र त्यसको वितरण कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । प्रमुख जिल्ला अधिकारी रिजालले मंगलबार पहिलो पटक घिरिङ गाउँपालिका–१ का सेवाग्राही उत्तम अधिकारीलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरि यसको वितरण कार्य सुरु गरेका हुन् ।

प्रजिअ रिजालका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रिन्ट गरेर पठाएको ७ हजार थान परिचय पत्र सिष्टममा ‘इन्ट्री’ गरेर वितरण थालिएको हो । परिचय पत्र आएकोबारे प्रशासनले पहिले विवरण भर्दा उल्लेखित मोबाइल नम्बरमा राष्ट्रिय परिचय पत्र आएकोबारे जानकारी पठाउने गरेको छ ।

त्यसपछि परिचय पत्र लिनका विवरण संकलन गर्दा प्रशासन कार्यालयले दिएको एक प्रति कागज लिएर स्वयं उपस्थित हुनुपर्ने प्रजिअ रिजालले बताए । तनहुँमा नै राष्ट्रिय परिचय पत्रको फारम भरेर बायोमेट्रिक गरेका सेवाग्राहीको मात्रै तनहुँबाट वितरण गरिने प्रजिअ रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका