समाजसेवी गुरुङद्वारा नेत्रहिन संघलाई २५ लाख बरावरको जग्गादान

Devghat Online

शेयर गरौ

दमौली, साउन १८

व्यास नपा–५ का समाजसेवी केवी गुरुङले तनहुँ नेत्रहीन संघकोे लागि २५ लाख रुपैयाँ बराबरको जग्गा दान गरेका छन् । ८९ बर्षिय गुरुङले बुधबार सो जिल्ला मालपोत कार्यालयमा गई चार आना दुई दाम जग्गा रजिष्ट्रेसन पास गरिदिएका हुन् ।

नेत्रहिन संघले सीप विकास केन्द्र सञ्चालन गर्नको लागि समाजसेवी गुरुङले सो जग्गा पास गरिदिएका हुन् । अवसर नपाउँदा नेत्रहीनहरु पछाडि पर्नुपरेकाले सीप प्रदान गर्न सहयोग पुगोस् भनेर निःशुल्क जग्गा प्रदान गरेको समाजसेवी गुरुङले बताए ।

कसैले पनि जग्गा नदिएको जानकारी प्राप्त भएपछि सहयोग गरेको गुरुङले बताए । गुरुङले भने ‘नेत्रहीनको क्षमता विकासका लागि मद्दत पुग्ने विश्वास लिएको छु, मसँग प्रशस्त बाँस छन् । बाँसबाट विभिन्न सामग्री बनाउन बाँस पनि निःशुल्क दिन्छु ।’

जग्गा प्राप्त नेत्रहिनमा उत्साह छाएको छ । नेत्रहीन सङ्घ तनहुँका अध्यक्ष चुनबहादुर कुमालले जग्गा अभावले सीप विकास केन्द्र स्थापना गर्न तथा कार्यालयका कामहरु गर्न कठिन भएको बेला २५ लाख रुपियाँ मूल्य पर्ने जग्गा दिँदा सबै नेत्रहिनमा खुसीयाली छाएको बताए । संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले २०७८ साल असारमा सम्पन्न अधिवेशनले सीप विकास केन्द्र र कार्यालय सञ्चालनको लागि जग्गा खोजी गर्ने निर्णय गरेबमोजिम हाल जग्गा प्राप्त भएको बताए ।

अधिकारीले भने, ‘धेरै डुलियो जग्गा दान दिनुस् भनेर, पाउन कठिन भयो, केबी बुबाकहाँ जानेबित्तिकै सहर्ष स्वीकार गर्नुभयो ।’ सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न सामाजिक व्यक्तिसँगको सहयोगमा भवन निर्माणको काम अघि बढाइने अधिकारीले बताए ।

व्यास नगरपालिका–५ पाटन निवासी गुरुङ्ग कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लागेका व्यक्ति हुन् । गुरुङले व्यास नपा ५ पाटनमा आफ्नै बागवानी कृषि फार्म सन्चालन गर्दै आएका छन् । उनले करीब एक सय रोपनी क्षेत्रफलमा आँप, लिची, सुन्तला, एभोकाडो लगायतका फलफूल खेती गर्दै आएका छन् ।

त्यसैगरी गुरुङ्गले लगाउनु भएको अगरउडको खेती पनि गरेका छन् । गुरुङको पछिल्लो समय गुरुङ्गको दुबै मिर्गौलामा खराबी आएपछि उपचार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक