देवघाट, साउन २०
देवघाट गाउँपालिका–५ साँढेबगरका टकबहादुर गुरुङ र नविन गुरुङले शुक्रबार साँढेबगरमा भएको प्रहरी हस्तक्षेप र दमनको घटनाको निश्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन् । उनीहरुले शनिबार इलाका प्रहरी कार्यालय देवघाटमा लिखित निबेदन दिई शुक्रबारको घटनाको निश्पक्ष छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरेका हुन् ।



देवघाट गाउँपालिका–५ का टकबहादुर गुरुङको छोरा बुद्धसिंह गुरुङको घरमा साउन १९ गते शुक्रबार विहान ९ बजे सादा पोशाकमा आएका प्रहरीहरुले तपाईको घरमा केही अबैध बस्तु भएको सुचना प्राप्त भएकोले हामी आएका हौं अव तपाईंको घर खानतलासी गरिन्छ भनी भर भित्र पसेर केही हेरेजस्तो गरि बाहिर निस्केर सौचालय तिर गई प्रहरी आफैले राखेको झोला सौचालयको छानाबाट निकालेर यसमा गैंडाको खाग रहेछ भनी त्यसको कुनै मुचुल्का नगरी कसैलाई नदेखाई हतारमा इलाका प्रहरी कार्यालय देवघाट तर्फ ल्याउन खोज्दा स्थानीयबासी सबैको रोहबरमा देखाई चित्त बुझाएर मात्रै लैजान अनुरोध गर्दा प्रहरीले जवरस्ती गरि हवाई फायर गरि स्थानीयलाई आतंकित बनाउने काम भएको सो निबेदनमा उल्लेख छ ।
सबै गाउँलेहरुको दवाव पछि प्रहरीले झोलामा रहेको गैंडाको खाग जस्तो प्रकृतिको बस्तु काठ भएको सबैमा जानकारी भयो । देवघाट गाउँपालिका वडा नम्बर ५ साँढेबगरमा भएको उक्त गम्भिर प्रकृतिको घटनाले केही विषयहरुलाई गम्भिर रुपमा उठाएको भन्दै त्यसको निरुपण गर्न निबेदकहरुले माग गरेका छन् ।
निबेदकहरुले कुनै व्यक्तिले कसैलाई फसाउनकोलागि प्रतिशोधपुर्ण ढङ्गले खाग कान्ड मच्चाउने एउटा किर्ते घटनाको षड्यन्त्रको रुपमा यसलाई लिईएको जनाएका छन् । त्यस्तै कसैको घर खानतलासी गर्न वा बस्तु बरामद गर्नु पुर्व प्रहरीले पुरा गर्नु पर्ने प्रक्रियाहरु विधिपुर्वक र कानुनसम्मत नभएको जनार्ईको छ ।
त्यसैगरि उक्त घटनाले नागरिक र प्रहरी विचको सम्बन्ध र सहकार्यको वातावरणलाई धुमिल बनाएको जनाईएको छ । कपटपुर्ण उद्देश्य परिपुर्ती गर्नकालागि तयार गरिएको यस घटनाले राज्यको श्रोत, साधन र शक्तिको दुरुपयोग भएको जनाईएको छ ।
यस घटनामा इलाका प्रहरी कार्यालय देवघाटमा कार्यरत असई बोजनारयण श्रेष्ठ सहितको भुमिका संकास्पद रहेको नागरिकको बुझाई भएको भन्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई सख्त कारवाही गर्न माग गरिएको छ ।
इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाले गाउँलेहरुको तर्फबाट निबेदन आएको भन्दै उक्त निबेदन जिल्ला प्रहरी कार्यालयमा पठाईने र जिल्ला प्रहरी कार्यालयबाट नै उक्त घटनाको छानविन हुने जानकारी दिए ।