गैंडाको खाग तस्करीको झुठो मुद्धामा सर्बसाधरण फसाउन खोज्ने असई श्रेष्ठ माथी प्रहरीको छानविन, जिल्ला प्रहरी कार्यालय तानिए

Devghat Online

शेयर गरौ

देवघाट, साउन २०

देवघाट गाउँपालिका–५ साँढेबगरका बुद्धसिंह गुरुङलाई अबैध गैंडाको खाग तस्करीको झुठो मुद्धामा फसाउने प्रयास गरेका इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी सहायक निरिक्षक (असई) बोज नारयण श्रेष्ठलाई नेपाल प्रहरीले कारवाही गर्ने भएको छ । असई श्रेष्ठलाई आन्तरिक छानविनकोलागि शनिबार बिहान जिल्ला प्रहरी कार्यालय दमौलीमा झिकाईएको छ ।

प्रदेश प्रहरी कार्यालय गन्डकीको निर्देशन पछि जिल्ला प्रहरी कार्यालयले असई श्रेष्ठलाई शनिबार बिहान दमौली झिकाएको एक प्रहरी अधिकृतले जानकारी दिए । उक्त घटनाको बारेमा प्रदेश प्रहरी कार्यालयले नै छानविन गर्ने भएको छ । असई श्रेष्ठले एक निर्दाेष व्यक्तिलाई फसाउन खोज्दा शुक्रबार दिनभर देवघाटको साँढेबगर क्षेत्र तनाबग्रस्त बनेको थियो ।

साँढे बगरको एक घरमा अबैध गैंडाको खाग लुकाएर राखेको भन्ने गलत सुचना दिई सो खाग र तस्करीमा संलग्न व्यक्तिलाई पक्राउकोलागि भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय तनहुँ, मनकामना शसस्त्र प्रहरी गण भानु, जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय गैंडाकोटबाट संयौंको संख्यामा प्रहरी ल्याई परिचालन गरिएको थियो । सो क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको थियो ।

देवघाट गाउँपालिका–५ का टकबहादुर गुरुङको छोरा बुद्धसिंह गुरुङको घरमा साउन १९ गते शुक्रबार विहान ९ बजे सादा पोशाकमा आएका प्रहरीहरुले ‘तपाईको घरमा केही अबैध बस्तु भएको सुचना प्राप्त भएकोले हामी आएका हौं अव तपाईंको घर खानतलासी गरिन्छ’ भनी घर भित्र पसेर केही हेरेजस्तो गरि बाहिर निस्केर सौचालय तिर गई प्रहरी आफैले राखेको झोला सौचालयको छानाबाट निकालेर यसमा गैंडाको खाग रहेछ भनी त्यसको कुनै मुचुल्का नगरी कसैलाई नदेखाई हतारमा इलाका प्रहरी कार्यालय देवघाट तर्फ ल्याउन खोज्दा स्थानीयबासी सबैको रोहबरमा देखाई चित्त बुझाएर मात्रै लैजान अनुरोध गर्दा प्रहरीले जवरस्ती गरि हवाई फायर गरि स्थानीयलाई आतंकित बनाएको थियो । सबै गाउँलेहरुको दवावपछि प्रहरीले त्यही झोला खोलेर हेर्दा उक्त झोलामा रहेको गैंडाको खाग जस्तो प्रकृतिको बस्तु काठ भएको सबैमा जानकारी दिएको थियो ।

एक सर्वसाधरण व्यक्तिलाई फसाउने असई श्रेष्ठको प्रयास तथा गलत नियत र सुचनाको कारण प्रहरी संगठनको बदनामी भएको भन्दै प्रदेश प्रहरी कार्यालयले उक्त घटनाको बारेमा आफैले छानविन गर्ने भएको ति प्रहरी अधिकृतले बताए ।

देवघाटका स्थानीय बासिन्दाले पनि शनिबार लिखित निबेदन दिँदै यस घटनामा इलाका प्रहरी कार्यालय देवघाटमा कार्यरत असई बोजनारयण श्रेष्ठ सहितको भुमिका संकास्पद रहेको नागरिकको बुझाई भएको भन्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई सख्त कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि