दाजुको अस्तु सेलाउन देवघाट पुगेका लोकेन्द्र ३ दिनदेखि नारायणीमा बेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, साउन २१

मामाको छोराको अस्तु सेलाउन देवघाट गएका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३३ वर्षीय लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा तीन दिनदेखि बेपत्ता छन् । दाजु रेमन्तको अस्तु सेलाउन बिहीबार देवघाट पुगेका लोकेन्द्रलाई नारायणीले बगाएको थियो ।

बेपत्ता लोकेन्द्रको खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाँले बताए । तुलसीपुर–१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते भएका रेमन्तको उपचारका क्रममा गत बुधवार भारतको लखनउमा मृत्यु भएको थियो ।

बेपत्ता लोकेन्द्रका दिदी तारा भुसालले अहिलेसम्म भाइको अवस्था पत्ता नलागेको र प्रहरीले खोजतलासमा तरारुकता नदेखाएको गुनासो गरिन् ।

‘अस्तु सेलाउने ठाउँको बारेमा कुनै जानकारी नराखिने कमजोरी स्थानीय व्यवस्थापनको छ, भाइ नदीमा परिसकेपछि पनि सामान्य डोरीसमेत कसैले नदिएको प्रत्यक्षदर्शीले बताएका छन्, सबैले खोजी गरेका छौं, हिजो सुस्तासम्म भाइहरू पुगेर आए, सबैको सहयोगमा भाइको उद्दार छिटो होस् हाम्रो आग्रह छ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले