आँबुखैरेनीका आँखा पाक्ने समस्या भएका विद्यार्थीहरुको निःशुल्क उपचार गर्ने

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, साउन २२

आँबुखैरेनी गाउँपालिकाले आँखा पाक्ने समस्या भएका विद्यार्थी तथा शिक्षकहरुको निशुल्क उपचार गर्ने भएको छ । आँखा पाक्ने समस्या भएका शिक्षक तथा विद्यार्थीहरुलाई लक्षित गरि भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र आवुँखैरेनी गाउँपालिका कार्यालयको आयोजनामा तिन वटा विद्यालयमा निशुल्क आँखा परीक्षण शिविर हुने भएको छ ।

गाउँपालिका अनुसार आँबुखैरेनी–३ स्थित रामशाह माविमा साउन २३ गते, आँबु–१ को मित्रता माविमा साउन २४ गते र आँबु–४ को छिम्केश्वरी माविमा साउन २५ गते आँखा परिक्षण शिविर हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । आँखा पाक्ने प्रकोपले भयवह स्थिति आउने देखिएपछि विद्यालयमै पुगेर उपचार गर्न लागेको शर्माले जानकारी दिए ।

आँखा रोग बिशेषज्ञ सहितको टोलीले आँखा पाक्ने समस्यामा परेका विद्यार्थीहरुको आँखा परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए । आँखा पाक्ने रोगको संङक्रमण बढ्दै जान थालेपछि उच्च सर्तकता अपनाइएको शर्माले बताए । अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको