बन्दिपुर, साउन २२
बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थित कन्यादेवी आमा समुहलाई दुना टपरी बनाउने तथा प्याकेजिड गर्ने मेसिन हस्तान्तरण गरिएको छ । वडा नम्बर ६ मा आईतबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सो मेसिन आमा समुहका पदाधिकारीलाई हस्तान्तरण गरे ।



उत्पादित दुना, टपरी बन्दिपुरका होटल तथा रेस्टुराँ व्यवसायीहरुलाई विक्री गर्न सहयोग गर्ने गाउँमा उत्पादित तिल, बोडि, फापर, गहत, मास, जुनेलो, कोदोको पिठो, गुन्द्रुक, मस्याउरा, खुर्सानी, थांकल लगायतका नगदेबाली प्याकेजिङ्ग गरि बजारिकरणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष थापाले बताए ।
सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पन्चमाया गुरुङ, वडा नम्बर ६ अध्यक्ष बलबहादुर गरुङ लगायतले मन्तव्य राखेका थिए ।