आवुँखैरेनीको दुई वटा सामुदायिक विद्यालयलाई बस

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, भदौ १

आबुखैरेनी गाउँपालिकाकाले दुई वटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनकोलागि गाउँपालिकाले खरिद गरेको दुई वटा बस शुक्रबार विहान गाउँपालिकामा ल्याईएको छ ।

आईसर कम्पनीको ४१ सिटको उक्त बस वडा नम्बर १ को चन्द्रोयद मावि समस्तीपुर र वडा नम्बर २ को अकला निमाविलाई शुक्रबार नै हस्तान्तरण गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । तत्कालकोलागि दुई वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराएपनि चाँडै नै अन्य विद्यालयलाई पनि बस उपलब्ध गराउने अध्यक्ष चुमानले बताए ।

रामशाह मावि आवुँखैरेनी, मित्रता मावि सत्रसय र वडा नम्बर ६ को कन्यादेवी मावि लाई पनि बस उपलब्ध गराउने तयारी भएको छ । अहिले उपलब्ध गराईएको बसमा पायक पर्ने अन्य विद्यालयका विद्यार्थी पनि चढ्न पाउने छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र शैक्षिक सुधारकोलागि स्कुल बस उपलब्ध गराईएको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने उल्लेख गरिएको थियो । आँबुखैरेनी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र विद्यालय सुधार योजना अन्तर्गत गाउँपालिकाको आन्तरिक श्रोतमा ति बसहरु खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

उक्त कार्यकोलागि गाउँपालिका अन्तर्गतका सहकारी संघ संस्था, विभिन्न संघ संस्था तथा टोल सुधार समितिले पनि आर्थिक सहयोग उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक