जिल्ला सभाहल अपाङ्गतामैत्री बनाउनु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरुको विरोध प्रर्दशन

Devghat Online

शेयर गरौ

भवन उद्घाटन गर्न नदिने

दमौली, भदौ १

तनहुँको दमौलीमा निर्माणाधिन जिल्ला सभाहल अपाङ्गमैत्री नभएको भन्दै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले विरोध प्रर्दशन गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुले शुक्रबार जिल्ला सभाहलको मुख्य गेटमा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनको कार्यक्रम घोषणा गरे ।

उनीहरुले उक्त भवनलाई पुर्ण अपाङ्गतामैत्री नबनाईए भवन उद्घाटन गर्न नदिने चेतावनी समेत दिएका छन् । उक्त भवन विपी जयन्तीको अवसरमा आगामी भदौ २४ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने तयारी गरिएको छ ।
शारीरिक अशक्त भएका व्यक्तिहरुको जिल्ला स्तरीय सङ्घर्ष समितिको आह्वानमा भेला भएका अपाङ्गता भएका व्यक्तिहरुले उक्त भवन पुर्णरुपमा मानवमैत्री÷अपाङ्गता मैत्री बनाउने प्रक्रिया तत्काल सुरु नभए आन्दोलन कार्यक्रम गर्ने चेतावनी दिए । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक मदन पौडेलले आफुहरुले यस अघि पटक पटक उक्त भवन अपाङ्गतामैत्री नभएको भन्दै विभिन्न सरोकारवाला निकायमा ध्यानाकर्षण गराईसकेपनि कुनै सुनवाई नभएको बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा बनेको ऐन २०७४ मा उल्लेख भए बमोजिम उक्त भवन अपाङ्गतामैत्री बनाउने पर्ने पौडेलले बाताए । अपाङ्गता मैत्री भौतिक पूर्वाधार, सूचना तथा प्रविधियुक्त वातावरणमा सेवा प्राप्त गर्ने अधिकार ऐनमा उल्लेख भएपनि सो कार्यान्वयन नभएकोले विरोध गरिएको पौडेलले बताए ।

गत साउन ७ गते सहृदयी मञ्च तनहुँ नेपालको समन्वयमा उक्त सभागृह हलको अवलोकन गरिएको र सो अवलोकनका क्रममा भवन अपाङ्गमैत्री नभएको पाईएको पौडेलले बताए । भवन अपाङ्गमैत्री बनाउने पर्ने माग राख्दै साउन १० गते जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायत विभिन्न सरोकारवालाहरुलाई ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए । यसैगरि साउन २१ गते राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, सचिव कृष्ण प्रसाद अधिकारी लगायतका पदाधिकारी र जिल्लामा क्रियाशील अपाङ्गता भएका व्यक्तिहरु सहितको एक प्राविधिक टोलीले उक्त भवनको पहुँचयुक्त परिक्षण गरेको थियो ।

उक्त परिक्षणको क्रममा भवन नेपाल सरकार पक्षधर रहेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६, विभिन्न ऐन, नियमावली, निर्देशिका र आचारसंहिता अनुरुप मानवमैत्री र अपाङ्गता मैत्री नभएको पाइएकाले यसलाई सुधार गर्न आग्रह गरिएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघले साउन २८ गते संघीय सरकारको शहरी विकास मन्त्रालय सहरी विकास भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ पोखरा समक्ष विभिन्न १४ बुँदे सुझावहरु पेश गरेको थियो । शारीरिक अशक्त भएका व्यक्तिहरुलाई समाजबाट झनै एक्ल्याउने मनसायबाट यस्ता भवनहरुको निर्माण भएको र ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको थियो । भवन पूर्णरुपमा मानवमैत्री बनाउने प्रक्रिया सुरु नभएकोले आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिले जनाएको छ ।

सहृदयी मञ्च तनहुँले ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको समयसिमा भित्र यस सुझावहरुको अक्षरस पालनागरि उक्त भवन पुर्णरुपमा मानवमैत्री बनाउने प्रक्रिया सुरु नभएको खण्डमा भाद्र १ गते देखि अपाङ्गता भएका ब्यक्तिहरु चरणबद्ध आन्दोलनमा उत्रने र सो समयमा उत्पन्न हुने सम्पुर्ण परिस्थितिहरुको जिम्मेवार सरकार नै हुने जनाएको थियो ।

२०७४ माघ २८ गतेबाट निर्माण सुरु भएको उक्त भवन २०७७ असार १५ गते भित्र सम्पन्न गर्नु पर्ने सम्झौता थियो । तर कोभिड लगायतको विभिन्न कारण देखाउँदै भवन निर्माण कार्य लम्बिएको थियो । भवन अझैसम्म पनि जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिएको छैन ।

६ बर्ष लगाएर बनाईएको उक्त भवन कुनै पनि दृष्टिकोणमा अपाङ्गतामैत्री नभएको सरोकारवालाहरुले जनाएका छन् । ७ सय ५० जनाको क्षमता भएको उक्त सभागृह कुल २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

माओवादीका मुख्य सचेतकको प्रस्ताव– देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याऔँ

काठमाडौं, असार २ प्रतिनिधिसभाको आइतवारको बैठकमा नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा

ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही बोर्डिङलाई

दुलेगौंडा, असार १ शुक्लागण्डकीमा आयोजना गरिएको ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी दमौलीको बाराही बोर्डिङले जितेको