बालाजीका उपासक धीरेन्द्र कृष्णलाई स्वागत छ

Devghat Online

शेयर गरौ

गुरुप्रसाद सुवेदी

वैदिक सनातन संस्कृतिमा चारैतिरबाट अतिक्रमण हुन लागेको बेला साधु सन्तलाई दुःख परिआएको बेला साच्चिकै बजरङ्गबलीको आराधना गर्नुपर्ने भएको छ । संयोग भनौँ, बालाजीका उपासक धीरेन्द्र कृष्ण नेपाल अएका छन् । म त उनलाई हृदयतः स्वागत गर्छु ।

धीरेन्द्र कृष्ण शास्त्री यौटा चर्चित युवा व्यक्ति । उनलाई यदाकदा विवादमा ल्याएको चर्चा पनि सुनियो । उनलाई कतिपयले अन्धविश्वास फैलाएको अरोप पनि लगाए, तर पुष्टि भएन । उनी जादूगर हुन् भन्ने कुरा आयो । जादूगरको तरिका र दैवी शक्तिको मर्म नबुझ्नेले वा पूर्वाग्रहीले यस्तो कुरा गर्लान् । तर उनको दिव्य दरवार र अर्जी लगाउने शैली फरक थियो । धीरेन्द्रले त्यो चमत्कारलाई आफ्नो चमत्कार भनेको कहिल्यै सुनिएन । इष्टदेव र गुरुप्रतिको श्रद्धा र दृढ निष्ठा देखियो । सेवाको भावना देखियो । पैसा मागेको र भोग विलासमा फसेको देखिएन ।

त्यो चमत्कार आफ्नो नभएको, आफु सामान्य मानिस भएको, तर बालाजीको कृपाले सनातन विरोधीहरूको सातो लिने गरेको, अन्य धर्ममा गएकाहरूलाई स्वधर्ममा वापस हुन आह्वान गरेको, नेपाललाई र भारतलाई सनातन हिन्दुराष्ट्र बनाइछाड्ने जस्ता कुरा मलाई मन परेका विषय हुन् । उनको ठट्यौलो बोली, बेलाबेलामा सुनिने ठठरी के बरी (बुन्देलखण्डी भाषामा दिइएको गाली) र अनुहारमा चञ्चलता देखिएपनि उनको भनाई भाव र चिन्तनले अहिलेसम्म शास्त्रीय चिन्तन र सनातनको मर्यादालाई अलिकति पनि नाघेको देखिएन । अब पनि ननाघोस् । कतिपय कथित सन्त भनाउँदाहरूले सन्तहरू पनि खत्तम भन्ने भ्रम फैलाएका थिए । तर अहिलेसम्मको गतिविधि हेर्दा यिनी त्यस्ता होइनन् भन्नेमा हामी विश्वस्त छौँ ।

यद्यपि युवावस्था छ, यौवनको उन्माद खतरा हुन्छ, तर त्यस्ता व्यक्तिलाई कामदेवले फसाउँछ, जसको हृदयमा कामदेवलाई नष्ट गर्ने भगवान् शिवजी रहनुहुन्न । धीरेन्द्रले यो कुरा याद गरेका होलान् । उनी बालाजीको रूपमा शिवावतार हनुमानजीका सच्चा उपासक हुन् । त्यसैले उनमा हनुमदुपासनाप्राप्त सिद्धि छ । इष्टदेवताप्रति दृढ विश्वास हुँदासम्म साधकले बाटो बिराउँदैन । संस्कृतका श्लोकलाई शुद्ध उच्चारण गर्न पनि चुक्ने, खासै धेरै नपढेको व्यक्तिमा पनि यो सनातनप्रतिको समर्पण, दृढता र बलियो अत्मविश्वास देखेर मलाई उनीमाथि विशेष ईश्वरीय कृपा रहेको र कुनै ईश्वरीय कार्य गर्न आएको व्यक्ति भन्ने लागेको छ ।

उनको यो सनातनप्रतिको समर्पण र अहिलेसम्म देखिएको मर्यादित जीवनयात्रा भगवत्कृपाले निष्प्रत्यूह रूपमा चलिरहोस् । लक्ष्य प्राप्त होस् । शिव र शक्तिको भूमिबाट भगवान् पशुपतिनाथको गुह्येश्वरीको र जगज्जननी भगवती जानकीको तर्फबाट अनन्त शुभाशीर्वाद र हृदयतः शुभकामना । जय बालाजी ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको