ब्राह्मण समाज व्यास नगरको अध्यक्षमा सुवेदी

Devghat Online

शेयर गरौ

दमौली, भदौ २

ब्राह्मण समाज व्यास नगर समितिको अध्यक्षमा विश्वेश्वर सुवेदी चयन भएका छन् । शनिबार दमौलीमा सम्पन्न समाजको दोश्रो अधिवेशनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा श्रीकृष्ण पन्त, सचिवमा ऋषिराम ढुंगाना, सहसचिवमा गोमा बास्तोला र कोषाध्यक्षमा शर्मीला ओझा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सरस्वती पाण्डे गैरे, अनिता घिमिरे काफ्ले, मोहन भण्डारी, सिद्धिभक्त पण्डित, मनहरि अधिकारी, धर्मराज बगाले, श्रीराम खनाल, रमेशप्रसाद आचार्य, गितादेवी घिमिरे नहर्की र उमाकान्त रेग्मी चयन भएका छन् । समाजका निवर्तमान प्रेमप्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न सो अधिवेशनको ब्राह्मण समाजका केन्द्रिय अध्यक्ष प्रा.डा नारयाणप्रसाद अधिकारीले गरेका थिए ।

अधिवेशनको उद्घाटन अघि व्यासका १४ वटै वडाबाट आएका ब्राह्मणहरुले झाँकी र नाचगान सहित दमौली बजारको परिक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू