माल्टामा पुनः नेपाल माल्टा कम्युनिटी गठन संगै कार्यालय स्थापना

Devghat Online

शेयर गरौ

 

देवघाट अनलाइन सम्वाददाता

अगस्ट २० माल्टा
माल्टामा रहेका  नेपालीहरुको हक हितका लागि पुनः नेपाल माल्टा कम्युनिटी गठन गरिएको छ। कमिटीमा संयोजक ललितजंग पाण्डेको संयोजकत्वमा सदस्य सचिवमा विरोजंग पाण्डे र प्रवक्ता प्रकाश बगाले मनोनीत भएका हुन् ।माल्टामा रहेका नेपालीहरुमा समस्याहरु समस्या समाधान र  नेपालीहरुको  हकहितका लागि कार्यालय समेत स्थापना गरिएको संयोजक ललितजंग पाण्डेले जानकारी गराए ।
कार्यक्रममा बोल्दै संयोजक पाण्डेले माल्टामा रहेका सम्पुर्ण नेपालीहरुलाई दुःख सुखमा साथ दिने हरेक विकृती र विसंगतिलाई निर्मुल पार्ने र नेपाली धर्मसंस्कृति, कला, भाषा र भेषभुषाको पहिचान स्थापित गरेर समाजमा आईपरेका जुनसुकै समस्याको समाधान गर्नका खातिर यो कम्युनिटी गठन भएको बताए । यस कम्युनिटीलाई २५ जना सदस्य रहने आगामी बिहिवार सदस्यहरु चयन गरिने  संयोजक पाण्डेले बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ माल्टाका कार्यवाहक अध्यक्ष  मधु गरुङ, नि.वर्तमान एवम्  नवनिर्वाचित आइसिसि भुवन अर्याल,जन सम्पर्क समितिका कार्यबाहक अध्यक्ष उज्वल केसी, जन प्रगतिशील मंच माल्टाका महासचिव अशिम लोप्चन गैर आवासीय नेपाली संघ माल्टा पुर्व महासचिव रोशन गिरी, आइसिसि सदस्य नविन गिरी, समाजसेवी शर्मिला  बस्नेत , पत्रकार प्रकाश बगाले ,माल्टामा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, भातृ संगठनका प्रतिनिधिहरु, व्यवसायीहरु, बुद्धिजिबिहरु, लगायत माल्टाबासी नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू