देवघाट, भदौ ३
देबघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले बाढिबाट पीडित आफ्ना शेयर सदस्यलाई राहत उपलब्ध गराएको छ । गत भदौ १ गते बिहानी देवघाट गाउँपालिका–४ गाईघाटमा घुस्ररी खोलाको बाढी घर भित्र पसेर सहकारी संस्थाकी शेयर सदस्य तथा गाईघाट महिला समुहकी सदस्य धनमाया भुजेलको घर पुर्ण रुपमा क्षती भएकोमा सहकारीका प्रतिनिधिले आईतबार घटनास्थलको अनुमगन गरि संस्थाको तर्फबाट राहत रकम उपलब्ध गराएका छन् ।
सहकारी संस्थाकी कोषाध्यक्ष सावित्री न्यौपाने, सन्चालक सदस्य राधादेवी खनाल तथा व्यवस्थापक संगिता ओझाले घटनास्थलमा पुगी सहकारीको विपद् व्यवस्थापन कोषबाट नगद ५ हजार रुपैयाँ बाढि पीडित शेयर सदस्य धनमाया भुजेललाई उपलब्ध गराएका थिए । सो अवसरमा गाईघाट महिला समूहकी सचिव तारा गुरुङ, सहकारीको कर्मचारी शिव गुरुङ, टोल सुधार समुहका अध्यक्ष नरबहादुर गुरुङ लगायत समुहका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।
अनुमगनको क्रममा घटनास्थलको बस्तुस्थिती बुझ्दा अन्य शेयर सदस्यहरु सुकमाया भुजेल, गौरीमाया भुजेल र सविना भुजेल पनि धान मकै बालीमा क्षती भएकोले सम्बन्धीत निकायसँग समन्वयगरि राहत उपलब्ध गराउने बारेमा छलफल भएको सहकारीकी व्यवस्थापक ओझाले बताईन् ।
भदौ १ गते बिहान घुस्ररी खोलामा आएको बाढिले स्थानीय हर्कबहादुर भुजेल र देबहादुर भुजेलको घर पुर्णरुपमा क्षती भएको थियो ।