माल्टा, भदौ ४
नेपलिज सोसाईटी माल्टाले कार्यसमितिलाई पुर्णता दिएको छ । समाजको सोमबार बसेको बसेको बैठकले कार्यसमितिलाई पुर्णता दिएको छ । कार्यसमिति २१ सदस्यिय रहेको छ ।
सुरुमा १३ सदस्यिय कार्यसमिति गठन गरिएकोमा धेरै जना छुटेको हुँदा कार्यसमिति २१ सदस्यिय बनाउने निर्णय भएको थियो । समाजको अध्यक्षमा दिनेश कार्की, बरिष्ठ उपाध्यक्षमा निराजन थापा, उपाध्यक्षहरुमा तेजबिक्रम खड्का र बलदेभ भण्डारी, युवा उपाध्यक्षमा राज कुमार लामा, महिला उपाध्यक्षमा सम्झना लामिछाने, महासचिवमा सोमिम बिक्रम शाह, सचिवमा पंकज सुवेदी, सह सचिबमा मुकेश महतो, कोषाध्यक्षमा सुदिप विक, सहकोषाध्यक्षमा दिपक घिमिरे चयन भएका छन् ।
त्यसैगरि युवा संयोजकमा बाबुराम चौहान, महिला संयोजकमा प्रतिभा सार्कि, खेलकुद संयोजकमा निरज पिछाई, कला तथा सस्कृती संयोजकमा पुरुष तर्फ सुर्य बहादुर थापा र महिला तर्फ एलिसा राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रोशन श्रेष्ठ, मीन बहादुर रिजाल, मिलन पोखरेल, रामबाबु गौतम, रन्जित थापा र देव भन्डारी चयन भएका छन् ।
समाजको बैठकले एनआरएन समाज माल्टको गैरआवासिय नेपालीसंघ (एनआरएनए) सँग मिल्दो जुल्दो रहेको र समाजको आफ्नै बेग्लै पहिचानयुक्त नाम राख्ने भन्ने सुझाव प्राप्त भएको हुँदा एनआरएन समाज माल्टाको नाम नेपलिज सोसाइटी माल्टा नाममा परिबर्तन गरिएको छ ।