लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा थापा

Devghat Online

शेयर गरौ

दमौली, भदौ १३

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तनहुँको अध्यक्षमा अमरराज थापा सर्वसम्मत चयन भएका छन् ।
नेकपा (एमाले) सम्वद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तनहुँको बुधबार सम्पन्न तेश्रो जिल्ला अधिवेशन वाट थापा अध्यक्षमा चयन भएका हुन् ।

यसैगरि महासंघको उपाध्यक्षमा शेर वहादुर वोटे, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवमा लेख वहादुर भुजेल, हरिमाया गुरुङ, विष्णुवीर राना चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा सोम प्रसाद श्रेष्ठ, याम कुमारी भुजेल, लक्ष्मी श्रेष्ठ,सोम वहादुर कुमाल, लोक नारायण श्रेष्ठ, उमा श्रेष्ठ, सन्त वहादुर राना, अकल गुरुङ, चिज कुमार श्रेष्ठ देउ माया थापा, सुर्य थापा, श्याम कुमार श्रेष्ठ, मौसम चेपाङ, खम वहादुर दरै, कृष्ण वहादुर दुरा, वल वहादुर कुमाल, लोक वहादुर गुरुङ, नवराज श्रेष्ठ, तिलक थापा,पदम थापा, उमा कुमाल, ओम कुमारी थापा, श्याम कुमार श्रेष्ठ, हरि काजी थापा, अनिता शाही नेवार, चिज कुमार गुरुङ, जंग पाटा मगर, रित वहादुर थापा, राम वहादुर सारु मगर, पूर्ण वहादुर थापा, केश वहादुर थापा चयन भएका छन् ।

सो अधिवेशनमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री किरण गुरुङ, नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य एकवहादुर राना, गन्डकी प्रदेश कमिटीका सदस्य माधव बास्तोला, होमबहादुर थापा, नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष हरिराज कडेल, जनजाति महासंघका केन्द्रिय सदस्य वसुन्धरा घर्ति लगायतका वक्ताहरुले आदिवासीहरुको हकहित र अधिकारको वारेमा धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको