देवघाट गाउँपालिकाले तोक्यो रासयानिक मलको मुल्य र कोटा

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १३

देवघाट गाउँपालिकाले गाउँपालिका भित्र विक्री वितरण गर्नकोलागि रासयानिक मलको मुल्य र कोटा निर्धारण गरेको छ । गाउँपालिकाले बुधबार सुचना प्रकाशन गरि गाउँपालिकालाई प्राप्त भएको युरिया र डिएपी मलको कोटा र मुल्य निर्धारण गरि विक्री वितरण गर्न अनुमती दिएको छ ।

गन्डकी प्रदेशको मल वितरण व्यवस्थापन समितिको गत साउन २९ गतेको निर्णय र कृषि सामाग्री कम्पनी लिमिटेडको दमौली शाखा कार्यालयको भदौ १ गतेको पत्र अनुसार गाउँपालिकालाई निर्धारण गरिएको युरिया र डिएपी मलको कोटा अनुसार गत भदौ ८ गते बसेको गाउँपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको निर्णय अनुसार गाउँपालिकाका तिन वटा सहकारी संस्थालाई विक्री मुल्य र मलको कोटा निर्धारण गरि विक्री वितरण गर्न अनुमती दिएको हो ।

वडा नम्बर ५ को लागि युरिया मल प्रति बोरा परल मुल्य १०८१.५०, डिएपी प्रति बोरा २५३१.५० र पोटास प्रति बोरा १९३१.५० रुपैयाँ विक्री मुल्य तोकिएको छ । वडा नम्बर १ को लागि भने युरिया मल प्रति बोरा परल मुल्य ११८१.५०, डिएपी प्रति बोरा २६३१.५० र पोटास प्रति बोरा २०३१.५० रुपैयाँ विक्री मुल्य तोकिएको छ । खुद्रा मल विक्री गर्नु पर्ने भएमा निर्धारित प्रति बोराको मुल्य भित्र रहेर विक्री गर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

जस अनुसार वडा नम्बर ३ र ५ को लागि वडा नम्बर ५ को गोहीटार कृषि सहकारी संस्थालाई २० बोरा युरिया र ३० बोरा डिएपी मलको कोटा तोकिएको छ । त्यस्तै वडा नम्बर ५ मात्रको लागि वडा नम्बर ५ को चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.लाई २० बोरा युरिया र ३० बोरा डिएपी तथा वडा नम्बर ४ र ५ का कृषककोलागि वडा नम्बर ५ को सुर्याेदय कृषि सहकारी संस्था लाई पनि २० बोरा युरिया र ३० बोरा डिएपी मलको कोटा तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

विक्री भएको मलको विवरण गाउँपालिकाको कृषि शाखामा बुझाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक