प्रधानमन्त्रीको अभिव्यक्ती गैर जिम्मेबारः शेखर कोईराला

Devghat Online

शेयर गरौ

दमौली, भदौ १५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति गैर जिम्मेबार रहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार दमौलीमा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले जातिय राज्य बनाउँछौं भन्नु र बर्षापछि एक लाख जनतालाई सडकमा उतार्छौ भन्नु प्रधानमन्त्रीको गैरजिम्मेबारपन भएको बताए । प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्तो कुरा गर्न नपाईने नेता कोईरालाले बताए ।

कोईरालाले काँग्रेसले सरकारको नेतृत्व लिन पहल गर्नु पर्ने पनि बताए । काँग्रेसको नेतृत्वको सरकार विना कुनै राम्रा काम हुन नसक्ने उनको भनाई थियो । वर्तमान सरकारमा काँग्रेस रहेपनि कुनै काम गर्न नसकेको उनको भनाई थियो ।

वर्तमान समयमा काँग्रेसलाई कमजोर बनाउने गरि सबै तिरबाट षड्यन्त्र भईरहेको कोईरालाले बताए । धरानमा जातिय सद्भाव खलबलिएर निषेधाज्ञा, लगाउनु परेको र त्यसको आडमा जातिय द्वन्द्व फैलाउने षड्यन्त्र भएको कोईरालाको आरोप थियो । यि र यस्ता घटना नेपाली काँग्रेसलाई कमजोर बनाउने खालको भएको हुँदा काँग्रेस नेतृत्वले बेलैमा सोच्नु पर्ने कोईरालाले बताए ।

काँग्रेस भित्र कुनै गुट नरहेको र आफु र पार्टी सभापती शेरबहादुर देउवाको विचमा पनि कुनै समस्या नरहेको भन्दै कोईरालाले सबै काँग्रेस कार्यकर्ताहरु पार्टी प्रति प्रतिबद्ध हुनु पर्ने बताए । सबै काँग्रेसहरुले भोट हालेको भए तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा काँग्रेसको उम्मेदबारले जित्ने उनले दाबी गरे ।

तनहुँमा रामचन्द्र पौडेल राष्ट्रपती भएको र अर्का नेता गोविन्दराज जोशी पार्टी भन्दा बाहिर रहेपछि अव तनहँुको काँग्रेसमा पनि कुनै गुट नरहेको कोइरालाले बताए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती श्याम मौरातीको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, यज्ञबहादुर थापा, ध्रुव वाग्ले, जिल्ला कार्य समितिका सभापती जितप्रकाश आले, महासमिति सदस्य रघुनाथ पौडेल, निवर्तमान जिल्ला सभापती बैकुण्ठ न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय