प्रचण्डप्रति ओलीको कटाक्षः ‘गेरु वस्त्र धारणम, मुर्रा राँगो ताननम्’

Devghat Online

शेयर गरौ

बुटवल, भदौ १६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही महिना अघि गरेको भारत भ्रमणप्रति कटाक्ष गरेका छन् ।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ईपीजीको प्रतिवेदनको बारेमा भारतसँग प्रधानमन्त्री कुरा नगरेको भन्दै ओलीले व्यङ्ग्य गरेका छन् ।

कार्यक्रममा उनले भने–‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे । अनि त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो प्रधानमन्त्रीले, राँगा डोर्‍याउँनुपर्छ त ? अब दिइहाले त के गर्ने ? कस्तो नमिलेको, गेरु वस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ । गेरु वस्त्र धारणम, मुर्रा राँगा ताननम् । यस्ता खालका प्रधानमन्त्री ।’

प्रधानमन्त्री प्रचण्डले ३ महिनाअघि गरेको भारत भ्रमणको विषयलाई लिएर एमाले अध्यक्ष ओलीले कटाक्ष गरेका हुन् । प्रचण्ड गत जेठ १७ गते भारत भ्रमणमा गएका थिए । कार्यक्रममा अध्यक्ष ओलीले एमालेले देशको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अंखण्डा हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने बताए । उनले सरकारले लिम्पिुराधुरासँग बंगलादेश जाने बाटो साट्ने कुरा गरेको बताउँदै त्यस्तो गर्न नसकिने उल्लेख गरे ।

उनले एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको आरोप लगाउँदै वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाए । उनले प्रचण्डले हिंसा छोडे पनि विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको, सिके राउतलाई राजनीतिको मूलधारमा एमालेले ल्याएको बताए । अध्यक्ष ओली आफू प्रधानमन्त्री भएको बेला संविधानको सर्वस्वीकार्यता गराउने काम, देशको गुमेको भाग नक्सामा समेटेर भारतलाई पत्राचार गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको