गोवंश रक्षार्थ भदौ २३ गते नारायणी किनारमा धार्मिक सभा हुने

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ १६

धरान लगायत देशका विभिन्न स्थानमा भएको गाई हत्याको विरोध एवम् गोवंश रक्षार्थ नारायणी नदी किनारमा आगामी भदौ २३ गते विशाल धार्मिक सभा हुने भएको छ । उक्त धार्मिक सभाको लागि गोवंश रक्षार्थ विशाल धार्मिक सभा आयोजक समिति गठन गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा भरतपुर–९ स्थित त्रिपुरेश्वर शिवालय मन्दिर परिसरमा भएको भेलाले १९५ सदस्यिय मुल आयोजक समिति बनाएको हो । ज्ञानानन्द सरस्वती महाराजको संयोजकत्वमा निर्देशन मण्डल, टंकनाथ पौडेलको संयोजकत्वमा १५ सदस्यिय कार्य सम्पादन समिति र ११ वटा विभिन्न उपसमिति गठन गरिएको छ।

निर्देशन मण्डलमा देवघाटधामका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, स्वामी रमणानन्द गिरी, लंकुस्थित लक्ष्मी बैकुण्ठनाथ मन्दिरका महन्त आचार्य जगन्नाथ शर्मा र निम्बार्क दर्शन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक हरिशरण आचार्य लगायतका सन्तहरु रहेका छन् । शुक्रवार भएको भेलामा चितवन, नवलपुर, नवलपरासी, तनुहँका विभिन्न धार्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

‘अनेकतामा एकता सनातन वैदिक हिन्दु धर्मको विशेषता, ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किरात र प्रकृतिपूजक) एक होऔ। संविधानको पालना गराऔँ’ भन्ने नारा सहित धार्मिक सभा हुन लागेको श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष एवम् धार्मिक सभाको प्रचारप्रसार समितिका संयोजक प्रेमनिधी भारद्धाजले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले